गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयले प्रहरीलाई नियन्त्रण गर्ने नभई सक्षम बनाउन चाहेको बताएका छन् ।काठमाडौंमा सोमबार नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले मन्त्रालय प्रहरीलाई आदेश दिने निकाय मात्र नभई अभिभावक पनि भएको बताएका हुन् ।
प्रहरीलाई नीतिगत स्पष्टता, संस्थागत मजबुती र व्यावसायिक स्वतन्त्रता प्रदान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

गृहमन्त्री अर्यालले शक्ति दुरूपयोग रोक्न, भ्रष्टाचार नियन्त्रण गर्न पूर्णरूपमा तटस्थ, व्यावसायिक र कानून अनुसार मात्र परिचालन हुन निर्देशन पनि दिए ।








