मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।नेप्से १२.५८ अंकले घटेर २६८३.१५ विन्दुमा बन्द भएको छ।नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। सोमबार आठ अर्ब २२ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार आठ अर्ब ६३ करोड पुगेको छ।
यसदिन ३२२ वटा धितोपत्रको एक करोड ८७ लाख तीन हजार १८३ कित्ता सेयर किनबेच भएको हो।मंगलबार ६६ कम्पनीको सेयरमूल्य बढेको छ भने १९० वटाको घटेको छ। यस्तै, तीन कम्पनी स्थिर छन्।







