सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार भरत प्रसाद पराजुलीले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै बलेफी गाउँपालिकामा मतदाता भेटघाटलाई दिनभर तीव्रता दिनुभएको छ।
उम्मेदवारी मनोनयनपछि तीव्र बनेको भेटघाट तथा चियापान कार्यक्रम बलेफी गाउँपालिकाका जुरे, ड्यामसाइड, लामोसाँघु, खाडिचौर, अन्धेरी र कोठे हुँदै बलेफी बजारसम्म पुगेर सम्पन्न भएको थियो।

भेटघाटका क्रममा देखिएको उल्लेख्य सहभागिताले बलेफी क्षेत्रमा रास्वपाको उपस्थिति अन्य प्रतिस्पर्धीभन्दा बलियो देखिएको स्थानीयको प्रतिक्रिया छ।
कार्यक्रमका क्रममा उम्मेदवार पराजुलीलाई फूलमाला र खादा लगाएर स्वागत गरिएको दृश्यले माहोल उत्साहपूर्ण बनेको थियो। खाडिचौर र अन्धेरी क्षेत्र पराजुलीको स्थायी बसोबास क्षेत्रसमेत भएकाले स्थानीय सहभागिता अझै बाक्लो देखिएको थियो।






