नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्य मंगलबार बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार तीन सय रूपैयाँ पुगेको छ।
मंगलबार चाँदीको मूल्य पनि बढेको छ।चाँदी मंगलबार पाँच हजार तीन सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय पाँच ३५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार आठ सय १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






