काभ्रे – मौलिक लोक तथा दोहोरी गीत संगीतका प्यासीहरूका लागि’ टिकटकमार्फत चर्चामा आएका बेथानचोक, काभ्रेका ५८ वर्षीय गोबिन्द तिमल्सिना (चमेली बा)ले पहिलो पटक आधिकारिक रूपमा रेर्कड गराएको गित ‘चमेली’ सार्बजनिक भएको छ।
गीतमा राजेन्द्र भण्डारीको शब्द र गोबिन्द तिमल्सिना (चमेली बा) को सङ्गीत रहेको छ भने एरेन्ज नारायण दंगालले गरेका छन्। गोपाल दयालको MF रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा प्रतिमा अर्याल, र सरस्वती भण्डारीको पनि स्वर समावेश छ।

टिकटकमा “चमेली तिम्रो म छु, मेरो पो को छ र” बोलको गीत गाउँदै भाइरल बनेका गोबिन्द तिमल्सिनाको आवाज र प्रस्तुति धेरैको मनमा बस्न सफल भएको थियो। सोही लोकप्रियतालाई निरन्तरता दिँदै सर्जक भण्डारीको सहयोगमा उहाँले पहिलोपटक स्टुडियोमा गीत रेकर्ड गराउनुभएको हो।
गायक तथा सर्जक राजेन्द्र भण्डारीले भने, “बा को रहर र कलालाई न्याय दिने प्रयास गरेको छु। यो माहोल मिलाएर बा लाई खुसी दिन पाउँदा म अत्यन्तै खुसी छु,”
सार्बजनिक गीतको भिडियोमा उमेश कार्की “युके”को छायाँकन रहेको छ भने भिडियोलाई उमेश कार्की “युके”को सम्पादन छ । रिलिज भएको यो गीतलाई राम्रो प्रतिक्रिया मिलेको छ गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ ।
👉 ‘चमेली’ गितको भिडियो हेर्न तल क्लिक गर्नु होला ।






