स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला पाँच हजार दुई सय रूपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार ९ सय रूपैयाँमा कारोबार भएको छ।
मंगलबार चाँदीको मूल्य पनि ८५ रूपैयाँले बढेको छ। सोमबार तीन हजार एक सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार तीन हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।














