आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार दुई हजार छ सय अङ्कभन्दा माथि उक्लिएको छ। आजको कारोबारपछि परिसूचक शून्य दशमलव ४८ प्रतिशत अर्थात् १२ दशमलव ५८ अङ्कले बढेर दुई हजार छ सय एक दशमलव २१ अङ्कमा पुगेको हो।
आज विभिन्न तीन सय २५ कम्पनीका एक करोड २९ लाख ८२ हजार छ सय १९ कित्ता शेयर ७२ हजार पाँच सय ४० पटक खरिद बिक्री हुँदा छ अर्ब २५ करोड ७२ लाख ३५ हजार छ सय २४ मा कारोबार भएका छन्। आजको कारोबारपछि बजारपुँजीकरण १४ खर्ब ३९ अर्ब ९८ करोड ९६ लाख ४७ हजार नौ सय ३२ पुगेको छ।














