स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रूपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार आइतबार सुन प्रतितोला दुई लाख ४४ हजार छ सय रूपैयाँमा कारोबार भएको छ।
आइतबार चाँदीको मूल्य पनि ३५ रूपैयाँले बढेको छ। शुक्रबार तीन हजार एक सय रूपैयाँमा भएको कारोबार भइरहेको चाँदी आइतबार तीन हजार एक सय ३५ रूपैयाँमा कारोबार भइरेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













