स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार तीन सय रूपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ४१ हजार सात सय रूपैयाँमा कारोबार भएको छ।
शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी शुक्रबार तीन हजार एक सय रूपैयाँमा कारोबार भइरेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













