बुधबार नेप्से परिसूचक २०.५६ अंकले घटेको छ। बजार बन्द हुँदा नेप्से २५४४ मा आएको छ।यसदिन कारोबार रकममा सामान्य सुधार देखिएको छ। मंगलबार बजारमा तीन अर्ब ६२ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार तीन अर्ब ८४ करोडको कारोबार भएको हो।
बजारमा कारोबारमा आएकामध्ये उत्पादनमुलक बाहेक सबै समूहगत परिसूचक घटेका छन्।

उत्पादनमुलक समूहको परिसूचक १६.९६ अंकले बढेर ७२८७ विन्दुमा आएको छ। व्यापारमुलक र अन्य समूहमा सबैभन्दा धेरै गिरावट देखिएको छ। यी समूहमा क्रमशः २.३५ र १.३३ प्रतिशतले कमी आएको हो।
यसदिन तीन सय २१ लगानी उपकरण कारोबारमा आउँदा ७२ वटाको मूल्य बढेको छ। दुई सय २९ वटाको मूल्य घटेको छ भने बाँकीको स्थिर छ।













