बिहीबार नेप्से परिसूचक ११.२९ अंकले घटेर २५९६ मा आएर बजार बन्द भएको छ।नेप्सेले स्पष्ट दिशा देखाउन सकिरहेको छैन्। यही कारण लगानीकर्ता पनि पर्ख र हेरको अवस्थामा छन्।
तीन कारोबार दिनदेखि नेप्से परिसूचक केही अंकले मात्रै घटबढ भइरहेको छ।नेप्से २६ सय विन्दु धेरै तल ओर्लिन सकेको छैन भने २६ विन्दुभन्दा धेरै माथि पनि पुग्न सकेको छैन।

कारोबार रकम भने बढेको छ। बिहीबार पाँच अर्ब ५१ करोड रूपैयाँको कारोबार भएको छ। बुधबार चार अर्ब ६८ करोड रूपैयाँको कारोबार भएको थियो।कारोबारमा आएकामध्ये उत्पादनमूलक र सामूहिक लगानी कोष समूह मात्रै बढेका छन्। यी समूहमा एक प्रतिशतभन्दा पनि कमले वृद्धि भएको हो।
यसदिन तीन सय २० लगानी उपकरण कारोबारमा आउँदा एक सय १६ वटाको मूल्य बढेको छ। एक सय ८३ वटाको मूल्य घटेको छ भने बाँकीको स्थिर छ।






