स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सोमबार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १४ सय रुपैयाँले घटेको हो ।
घटेको मूल्यअनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घट्दै ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।




