लगातर घट्दो क्रममा रहेको सुनको भाउ शुक्रबारदेखि बढ्न थालेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सुचीअनुसार शुक्रबारको तुलनामा आइतबार पनि सुन प्रतितोला सात सय रूपैयाँले बढेको हो।

आइतबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले घटेको छ।
चाँदी आइतबार तीन हजार ५५ रूपैयाँ पुगेको हो।
अन्तर्राष्ट्रिय बजारमा अहिले भने सुन प्रतिऔंस चार हजार २ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




