सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘विदेश कार्यक्रममा जाँदा सोचेर, बुझेर जाऊ न कलाकार साथीहरू । अहिले चर्चा भएका केही कार्यक्रम मैले सहमति भैसकेपछि पनि केही हुने समस्या देखेर सल्लाहमै स्थगित गरेको हुँ ।’
उनले कुन कार्यक्रम भनेर उल्लेख गरेका छैनन् तर, पछिल्लो समय चर्चामा रहेको भन्दै औंल्याउने प्रयास गरेका छन् । गायक शर्मा विदेशमा धेरै कार्यक्रम गर्ने नेपाली कलाकारमध्ये पर्छन् ।
गायक शर्माको उक्त अभिव्यक्तिलाई अन्य कलाकार पनि समर्थन जनाउँदै कलाकारलाई गम्भीर हुन सल्लाह दिएका छन् ।





