बुधबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला सात सय रूपैयाँले घटेको हो।
मंगलबार सुन प्रतितोला दुई लाख ३७ हजार रूपैयाँमा किनबेच भइरहेकोमा बुधबार दुई लाख ३६ हजार तीन सय रूपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ।

बुधबार चाँदी पनि तोलामा ४५ रूपैयाँले बढेर दुई हजार नौ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा अहिले भने सुन प्रतिऔंस तीन हजार नौ सय ५८ डलरमा कारोबार भइरहेको छ।




