नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१ विन्दुमा आइपुगेपछि बजार बन्द भएको हो।कारोबार रकममा पनि सुधार आएको छ।
आइतबार दुई अर्ब ६६ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार चार अर्ब ५७ करोड रूपैयाँको कारोबार भएको हो।

लघुवित्त, बैंक, विकास बैंक लगायतका समूहका धेरै कम्पनीको मूल्य न्यून तहमा आएकोले पनि बजारले वृद्धिको बाटो समात्ने अपेक्षा गरिएको छ।




