लगातर घट्दो क्रममा रहेको सुनको भाउ मंगलबार थप घटेको छ।
मंगलबार सुन प्रतितोला दुई हजार नौ सय रूपैयाँले घटेको हो। मंगलबार सुन प्रतितोला दुई लाख ३७ हजार रूपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार घटिरहेपछि नेपालमा पनि मूल्य घटेको हो।
अहिले भने सुन प्रतिऔंस तीन हजार नौ सय ७५ डलरमा कारोबार भइरहेको छ। यसअघि सुन प्रतिऔंस चार हजार चार सय डलरसम्म पुगेर ऐतिहासिक उचाई बनाएको थियो।
मंगलबार चाँदी पनि तोलामा ६० रूपैयाँले घटेर दुई हजार नौ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।




