सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ ।
सुन आज प्रतितोला २ लाख ५३ हजार २०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले घटेको छ । आज आईतबारको बजारमा चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २५० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।




