काठमाडौं – नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार (यमपञ्चक) आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज काग तिहार मनाइँदैछ।
कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने यस पर्वमा यमराजको दूतका रूपमा कागलाई मीठा मीठा परिकारहरू खान दिएर पूजा गर्ने परम्परा छ। वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रूपमा मानिने र कागलाई खान नदिई आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक विश्वास छ।

आजैका दिनबाट यमपञ्चक सुरु हुने भएकाले साँझमा यमदीप दान गर्ने चलन पनि रहेको छ। दक्षिण दिशातर्फ फर्काएर यमदीप दान गर्नाले यम यातनाबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ।
यस वर्षको तिहार (२०८२) को यमपञ्चक आज कार्तिक २ गते, आइतबार बाट सुरु भएको छ।




