आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ ।
मंगलबार नेप्से परिसूचक १९.४३ अंकले घटेको छ। बजार बन्द हुँदा नेप्से २५२८ बिन्दुमा पुगेको हो।

धितोपत्र बोर्डले पुँजी बजार सुधार कार्यदलले दिएको प्रतिवेदनअनुसार सुधारका काम अगाडि बढाउने प्रतिबद्धता जनाएको हो।
तर, त्यसको दोस्रो दिनमै (मंगलबार) नेप्से परिसूचक घटेको छ। बजार परिसूचक मात्रै होइन यसदिन कारोबार रकम पनि उच्चदरमा घटेको छ।
सोमबार चार अर्ब ९७ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार तीन अर्ब ३६ करोड रूपैयाँको कारोबार भएको हो।




