बारा र पर्सामा दुई दिनमा १ लाखले हैजाविरुद्धको खोप लगाएका छन् ।
हैजाको संक्रमणको प्रकोप तीव्र भएपछि सरकारले पर्सा र बाराका उच्च जोखिम भएका क्षेत्रमा हैजा नियन्त्रणका लागि गत आइतबार (२६ असोज) देखि खोप अभियान सुरू गरेको थियो ।

परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार पर्सामा १ लाख २९४ जना र बारामा १८ हजार ९६४ जनाले हैजाविरुद्धको खोप लगाइसकेका छन् ।
६ भदौमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा १२ को मुरली टोलबाट हैजा संक्रमण फैलिएको थियो । त्यसपछि वीरगञ्जका अन्य वडा, पर्साका स्थानीय तह र बाराका केही भागमा फैलिएको छ ।
सरकारले पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहमा र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप दिइरहेको छ ।
पर्सा जिल्लामा ६ लाख ५२ हजार १२९ र बाराका ३ लाख ६३ हजार (३१ गरी कुल १० लाख १८ हजार खोप दिइने लक्ष्य छ । मुखबाट खुवाइने इयूभिकोल–एस खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरयुक्त प्रमाणित भएको खोप हो ।




