सोमबार नेप्से परिसूचक ४४ अंकले बढेको छ। बजार बन्द हुँदा नेप्से ४४.२५ अंकले बढेर २५४७ बिन्दुमा पुगेको हो।
धितोपत्र बोर्डले लगानीकर्ताहरूको माग पुरा गर्ने प्रतिबद्धता जनाएको खबर बाहिरीएसँगै नेप्सेमा सुधार देखिएको हो।

धितोपत्र बोर्डले पुँजी बजार सुधार कार्यदलले दिएको प्रतिवेदनअनुसार सुधारका काम अगाडि बढाउने प्रतिबद्धता जनाएको हो।
प्राविधिक विश्लेषणले पनि २५ सयको विन्दुमा नेप्सेले टेवा पाएको देखाएको छ।
यसदिन बजार बढेपनि कारोबार रकम भने घटेको छ। आइतबार भने ६ अर्ब ७० करोड रूपैयाँको कारोबार भएकोमा सोमबार चार अर्ब ९७ करोड रूपैयाँको कारोबार भएको हो।













