संगीतिक बजारमा गीतहरु धेरै भन्दा धेरै आउनेक्रम जारी रहेको छ । रिल चक्कामा भरेका गीतहरु क्यासेटमा बजाउने देखी आएर अहिले युट्युबमा गीत रिलिज गर्ने सम्मको समयमा आइपुग्दा सम्म पनि गीतहरु उत्तिकै मात्रामा बजारमा आइरहेका छन् ।
पहिला क्यासेटमा जस्तै अहिले पनि सदाबाहर देखी सिजन अनुसारका गीतहरु बजारमा आइरहेका छन् । दशै नजिकिँदै गर्दा दशैँ सम्बन्धी बिभिन्न भावमा रचिएका गीतहर बजारमा आइरहेका छन् । सोमबार मात्रै एउटा दशैको गीत सार्बजनिक भएको छ ।

नयाँ दसैं गीत ‘हाँस्दै गाउँदै रमाउँला आँगनमा’ सार्वजनिक भएको हो ।गीतमा राम शर्माको शब्द, सुफिक्स मदनको संगीत र एरेन्ज रहेको छ। सुफिक्स मदन र कोपिला तामाङ वाइबाले यस गीतमा स्वर दिएका छन्।
गीतको भिडिओमा विक्रम बुढाथोकी, एलिना रायमाझी र मनिष स्वारको अभिनय रहेको छ । उमेश कार्कीको निर्देशनमा बनेको यो भिडिओलाई सञ्चारकर्मी लक्ष्मण शर्माले निर्माण गरेका हुन्। सन्तोष तिमल्सिनाले छायांकन गरेको यस भिडिओको सम्पादन रोशन धितालले गरेका छन्।
यो दसैं गीत ‘आरएल क्रियसन’ नामक युट्युब च्यानलमा सार्वजनिक गरिएको छ।गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ। गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ।
हेर्नुस भिडियो……




