सिन्धुपाल्चोक – गत भदौ ८ गतेदेखि पहिरोले अवरुद्ध तातोपानी–कोदारी राजमार्ग एक महिनापछि खुलेको छ। चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीबाट सोमबारदेखि कन्टेनरहरू आवतजावत गर्न थालेपछि दशैँको मुखमा व्यापारी र स्थानीयले राहत महसुस गरेका छन्।
सडक डिभिजन कार्यालयले एक्स्काभेटर र मजदुरहरू परिचालन गरेर पहिरो पन्छाएको हो। भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङको पहलमा स्थानीय र सरोकारवालाबीच छलफल भएपछि सडक खुलाउने कामले तीव्रता पाएको थियो।

छलफलमा सडकको स्थायी मर्मत र बस्तीको सुरक्षाबारे पनि निर्णय भएको छ।













