बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङको प्रमुख आतिथ्यमा, बलेफी गाउँपालिकाभित्र कार्यक्षेत्र रहेको नवजागरण बहुउद्देश्यीय सहकारी संस्था लि. र ब्रह्मायणी साना किसान कृषि सहकारी संस्था लि. बीचको एकीकरणपछि स्थापना भएको लामोसाँघु बजारस्थित शाखा कार्यालय आश्विन ६ गते भव्य रूपमा उद्घाटन गरिएको छ।
घटस्थापनाको शुभदिनमा सम्पन्न उद्घाटनसँगै एकीकृत कारोबारको औपचारिक शुभारम्भ पनि गरिएको हो।

अध्यक्ष तामाङले सहकारी एकीकरण किसान र समुदाय दुवैको आर्थिक समृद्धिको आधार बन्ने विश्वास व्यक्त गर्दै भन्नुभयो:
“समृद्ध किसान, समृद्ध समुदाय – यही हाम्रो संकल्प हो। एकीकृत सहकारीले कृषकलाई आधुनिक कृषि प्रविधि, पूँजी व्यवस्थापन र बजार पहुँचमा सहयोग पुर्याउँदै उत्पादन र आम्दानी बढाउनेछ।”
यस अवसरमा उपस्थित शेयर सदस्य, सहकारी प्रतिनिधि र स्थानीय सरोकारवालालाई विजया दशमी २०८२ को शुभकामना व्यक्त गर्दै अध्यक्ष तामाङले सहकारीमार्फत किसानलाई सशक्त र स्वावलम्बी बनाउन प्रतिबद्धता जनाउनुभयो।
उद्घाटन कार्यक्रममा सहकारी पदाधिकारी र किसानहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।














