वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा रु ३९ अर्ब १५ करोड ५५ लाख राजस्व सङ्कलन गरेको छ ।
भन्सार विभागले चालु आवको दुई महिनासम्म कार्यालयलाई रु ४३ अर्ब तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकामा सो अवधिमा लक्ष्यको ९० दशमलव ९९ प्रतिशत राजस्व सङ्कलन गरेको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले भदौ महिनामा विषम परिस्थितिमा पनि राजस्व सङ्कलन उत्साहजनक भएको बताए ।
“साउनमा रु १८ अर्ब ४४ करोड राजस्व सङ्कलन भएको थियो”, उनले भने, “भदौमा मासिक लक्ष्यको ९३ दशमलव ९७ प्रतिशत राजस्व सङ्कलन गरेका छौँ ।”














