काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ तोकेको छ ।

चाँदी तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २५५० रुपैयाँमा कारोबार भएको चाँदी आज २५२० रुपैयाँमा झरेको छ













