भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट मात्रै ३८ करोड रुपैयाँ हाराहारीमा लुटपाट भएको पाइएको छ।
राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट भएको खुलासा भएको छ । जेन जी आन्दोलनकाक्रममा बैंकको नयाँ बानेश्वर शाखाबाट नगद र सुन लुटपाट भएको हो ।

संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट ३७\३८ करोड बराबरको नगद र सुन लुटिएको नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले खुलासा गरेका छन् । गभर्नर पौडेलले सुशान्त प्रधानको पडकास्टमा बोल्दै करोडौँको नगद र सुन चोरी भएको जानकारी दिएका छन् । यसबारे बैंकको सिसिटिभी हेरेर अनुसन्धान भइरहेको समेत गभर्नर पौडेलले जानकारी दिएका छन् ।