सुनको मूल्य घटेको छ भने चाँदी दुवैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज आइतबार सुन प्रतितोला सात सय रूपैयाँले घटेको हो।

आइतबार सुन प्रतितोला २ लाख १५ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदी आइतबार तोलाको दुई हजार पाँच सय ७० रूपैयाँ पुगेको छ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३६ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













