नेपाली बजारमा दिन प्रतिदिन नयाँ कीर्तिमानी कायम गर्ने क्रममा रहेको सुनको भाउ आज सोमबार घटेको छ।
सोमबार सुन तोलामा ४०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ११ हजार ६०० रूपैयाँ कायम भएको छ।

सोमबार चाँदी प्रतितोला २ हजार ४७५ रुपैयाँ कायम भएको छ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।













