स्थानीय बजारमा लगातार बढिरहेको सुनको मूल्य बिहीबार भने स्थिर छ।
बुधबार प्रतितोला दुई लाख सात हजार ९ सय रूपैयाँमा कारोबार सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्नाले स्थानीय बजारमा पनि मूल्य बढिरहेको छ।
बुधबार २४ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३५ सय ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













