स्थानीय बजारमा सुनको मूल्य लगातार बढ्ने क्रममा छ। अघिल्लो दिनको कारोबारको तुलनामा आज सुन प्रतितोला दुई हजार रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई लाख सात हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदीको मूल्य भने प्रतितोला पाँच रूपैयाँले घटेको छ।
महासंघका अनुसार मंगलबार २४ सय ८५ रूपैयाँ कारोबार भएको चाँदी बुधबार २४ ८० मा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३५ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













