स्थानीय बजारमा सुनको मूल्य थप बढेको छ। अघिल्लो दिनको कारोबारको तुलनामा आज सुन प्रतितोला एक हजार सात सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सोमबार सुन प्रतितोला दुई लाख पाँच हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

चाँदी सोमबार २४ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३४ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













