काठमाडौँ — नेपाल आयल निगमले डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल/मट्टितेल लिटरमा ४ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ घटाउने निगम सञ्चालक समितिले निर्णय गरेको हो ।

निगमले आइतबार जारी गरेको विज्ञप्तिअनुसार हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ७ रुपैयाँ घटेको छ । 













