सिन्धुपाल्चोक । बलेफी गाउँपालिका–१, जलविरेमा निर्माण सम्पन्न भएको १५ शैयाको बलेफी अस्पताल संचालन प्रक्रिया अघि बढाउन संयुक्त अनुगमन गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि, प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष, स्वास्थ्य व्यवस्थापन समिति र स्थानीय बुद्धिजीवी सहभागी अनुगमन टोलीले अस्पताल संचालनका लागि आवश्यक तयारीबारे जानकारी लिएको हो।

गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले गाउँपालिकाले आन्तरिक आम्दानी निकै कम भए पनि ४० लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको उल्लेख गर्दै जनशक्ति र उपकरण उपलब्ध गराउन मन्त्रालयसँग सहयोगको आग्रह गरेका छन्।
मन्त्रालयको टोलीले छिटो अस्पताल संचालनका लागि पहल गर्ने आश्वासन दिएको छ। स्थानीयले अस्पताल सञ्चालनमा आएपछि गाउँमै स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरेका छन्।













