रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले हालसम्म ६ लाखभन्दा बढी औपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भइसकेको बताएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद पूर्णबहादुर घर्तीद्वारा उठाइएका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले कोषलाई सबै श्रमिकसम्म पुर्याउन सरकार गम्भीर रहेको बताए ।

उनका अनुसार हालसम्म २१ हजार ३९२ औपचारिक रोजगारदाता दर्ता भइसकेका छन् भने ६ लाख १३ हजार ७१८ जना श्रमिक कोषमा सहभागी भएका छन् ।साथै ७७६ जना अनौपचारिक क्षेत्रका श्रमिक र ४७६ जना स्वरोजगार व्यक्तिहरूलाई पनि कोषमा समेटिएको छ ।
मन्त्री भण्डारीका अनुसार वैदेशिक रोजगारीमा जाने १८ लाख ३५ हजारभन्दा बढी श्रमिक दर्ता भइसकेका छन् । “वैदेशिक रोजगारमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने स्किम ल्याउने देश नेपाल मात्रै हो, ।
आन्तरिक रोजगारीको सिर्जना गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताउँदै उनले वैदेशिक रोजगराीलाई सुरक्षित बनाउने समेत सरकारको प्राथमिकतामा रहेको बताए ।













