लगातार दुई दिनमा २८ सय रूपैयाँले सस्तिएको सुनको भाउ बिहीबार भने बढेको छ।
बिहीबार प्रतितोला १३ सय रूपैयाँले मूल्य बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार बिहीबार सुन प्रतितोला १ लाख ९४ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।

चाँदी बिहीबार प्रतितोला २२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३,३३८.६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी ३७.९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।













