बुधबार सेयर बजार परिसूचक नेप्से ९.७० अंकले घटेर २७६७.२० विन्दुमा आइपुगेको छ। लगातार दुई दिन बढेकाे बजार तेस्राे दिन बुधबार घटेकाे हाे।
बजार घटेसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ। मंगलबार पाँच अर्ब ६३ करोडरूपैयाँको कारोबार भएकोमा बुधबार पाँच अर्ब २० करोडको कारोबार भएको छ।

आज सबैभन्दा बढी होटल समूहमा २ प्रतिशतले वृद्धि भएको हो। त्यस्तै, ब्यापारमूलक समूह सबैभन्दा धेरै एक प्रतिशतले घटेको छ।













