बजारमा सुनको भाउ घटेको। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला सात सय रूपैयाँले घटेको हो।
सुन आज प्रतितोला एक लाख ९५ हजार पाँच सय रूपैयाँमा झरेको छ।

चाँदी आज प्रतितोला २३ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी ३८.०१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













