साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
नेप्से १८.३० अंकले बढेर २८५०.३७ विन्दुमा बन्द भएको छ।

यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
बुधबार सात अर्ब ६३ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार आठ अर्ब ५३ करोड रूपैयाँको कारोबार भएको छ।
आज ३१८ वटा धितोपत्रको दुई करोड ५४ लाख तीन हजार ५४० कित्ता सेयर किनबेच भएको हो।













