बुधबार नेप्से सामान्य अंकले घटेको छ।
नेप्से १.९४ अंकले घटेर २८३२.०६ विन्दुमा बन्द भएको छ।

यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
बुधबार सात अर्ब ६३ करोड रूपैयाँको कारोबार भएको छ।
आज ३२० वटा धितोपत्रको दुई करोड १६ लाख ५७ हजार ७०६ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ वटाको घटेको छ।
यसदिन तीन कम्पनीमा सकारात्मक सर्किट लागेको छ।













