मंगलबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य बुधबार भने मूल्य एक सय रूपैयाँ घटेको छ।
मंगलबार सुन प्रतितोला एक लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भएकोमा बुधबार एक लाख ९८ हजार चार सय रूपैयाँमा कारोबार भएको हो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ।
चाँदी बुधबार प्रतितोला दुई हजार तीन सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













