नेपाली बजारमा आज (मंगलबार) पनि सुन–चाँदीको मूल्य बढेको छ।
आइतबारदेखि सुन बढ्ने क्रममा रहेको छ।

सोमबार प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार नौ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदी मंगलबार प्रतितोला दुई हजार दुई सय ८० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













