धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज नेप्से मा सामान्य गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन आज नेप्सेमा २ दशमलव ०७ अंकको गिरावट आएको हो ।
आज कुल ४ करोड ४१ लाख २४ हजार ९ सय २४ कित्ता शेयर १९ अर्ब बढीमा कारोबार भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार आज कुल १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ रुपैयाँ बराबरको कारोबार भएको हो ।














