आठ दिन लगातार बढेको नेप्से परिसूचक आइतबार भने घटेको छ।
नेप्से १८.४४ अंकले घटेर २९६४.२० विन्दुमा आइपुगेको छ।

आज दिनभरमा २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। कुल ५ करोड ८६ लाख कित्ता सेयर २ लाख ३ हजार ६५८ पटक कारोबार भएको थियो ।













