नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आइतबार ५१ अंक बढेर २९२२ सम्म पुगेर फर्किएको नेप्से सोमबार पनि २९ सयको तहबाट ओर्लिएको हो।
नेप्से परिसूचकले तत्काललाई २९ सयको विन्दुमा प्रतिरोध परिक्षण गर्ने देखिएको छ।

आजको कारोबारमा विभिन्न ३११ कम्पनीका ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार २३८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।













