स्थानीय बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ। नेपाल सूनचाँदी व्यवसायी महासंघकाे तथ्यांकले यस्ताे देखाएकाे हाे।
महासंघले जारी गरेको मूल्य सूचीअनुसार आइतबारको तुलनामा सुन प्रतितोला चार सय रूपैयाँले बढेर एक लाख ९३ हजार ७ सय रूपैयाँ पुगेको हो।

आइतबार चाँदी प्रतितोला दुई हजार २८५ रूपैयाँ मूल्य रहेकोमा सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ६७.४१ डलर पुगेको छ।













