सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला १३ सय रूपैयाँले घटेको हो।
मंगलबार सुन प्रतितोला एक लाख ९३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

चाँदी बुधबार २२ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघको तथ्यांकले देखाएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













