मंगलबार सुनको मूल्य स्थिर छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला एक लाख ९३ हजार तीन सय रूपैयाँमा कारोबार भएको छ।

मंगलबार चाँदीको मूल्य भने प्रतितोला ४० रूपैयाँले घटेको छ। सोमबार प्रतितोला २३ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार २२ सय ७५ रूपैयाँमा कारोबार भएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













