साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
बुधबार २२.०४ अंक र बिहीबार २५.८९ अंक गरी दुई दिनमा नेप्से ४८ अंकले बढेको हो।

नेप्से ०.९५ प्रतिशतले बढेर २७३१.८० विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि बढेको छ।
बुधबार सात अर्ब ४५ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार नौ अर्ब ६८ करोड रूपैयाँको कारोबार भएको छ।













